Pashuhaat

२५ भाद्र, दिलिप साह सप्तरी। सप्तरीको हनुमानगर योगिनिमाई नगरपालिका वडा नं. छ मा शुक्रबारदेखि पशुहाट (बजार) सुरु भएको छ  ।
नगरपालिकाले आयोजना गरेको पसुहाटमा आज पहिलो दिन बिभिन्न क्षेत्रबाट करिब १५ सय गाई, गोरु, भैसी र बाछाबाछी हाटमा खरिद बिक्रीका लागि आएको नगरपालिका पशुहटिया(बजार) संयोजक हेमन्त जैनले जानकारीदिनुभयो ।

हनुमानगर योगिनि माई नगरपालिका ६ स्थित रहेको करिब १५ कक्ठाको क्षेत्रफलमा शुक्रबारदेखि पशुहाट सुरु गरिएको सो समितिले जनाएको छ ।नगरपालिका र स्थानियबासीन्दाको निजी जग्गामा सुरु गरिएको सो पशुहाट (बजार) मा सप्तरी, सुनसरी र नेपाल भारत सिमा क्षेत्रका मधुवानी, सुपोल र अररिरीया जिल्लाका पशुब्यवसायिहरु खरिदबिक्रको लागि आउने अनुमान गरिएको छ  ।

प्रत्येक हप्ताको शुक्रबारको दिन लागने सो हाट बजारको कारण त्यहाँ चहलपहल बढनुको साथै ब्यवसायिक कारोवार बढने समितिका संयोजक जैनले बताउनुभयो । यसअघि भारतको बिभिन्न बजार तथा सप्तरी तोपामा बिगत लामो समयदेखि पशुहाट लाग्ने गरेको थियो  ।
यहाँ आजदेखि सुरु भएको पशुहाटका कारण सथानियबासीन्दालाई पशुखरी बिक्रीको लागि बाहिर जाननपपर्ने हनुमानगर योगिनिमाई नगरपालिका २ का श्यमसुन्दर खडगाले बताउनुभयो ।

तपाईको प्रतिक्रिया