trusted online casino malaysia
trusted online casino malaysia

Nepal-Prahari

वीरगंज, १८ कार्तिक । सोमबार वीरगंज नाकामा प्रहरीको गोलीले एक भारतीय युवकको मृत्यु भएपछि वीरगंजमा लगाइएको अनिश्चितकालिन कर्फयू बुधबार पनि जारी छ । जिल्ला प्रशासन कार्यालय पर्साले बुधबार पनि कर्फयू जारी रहेको जनाएको छ ।

यसैबीच प्रहरी मुख्यालयले सीमा क्षेत्रमा खटिएका सुरक्षाकर्मीलाई अधिकतम संयमता अपनाउन निर्देशन दिएको छ । सीमामा रहेका आन्दोलनकारीलाई निस्तेज पार्न अग्रपंक्तिमा रहने नेपाल प्रहरीले अपनाउने कार्यविधिले भारत नेपाल सम्बन्धलाई समेत प्रभाव पार्ने भएकाले संयमित भएर कार्यविधि अपनाउन सीमा क्षेत्रका प्रहरी प्रमुखलाई निर्देशन दिइएको हो ।

सोमबार गृहमन्त्री शक्तिबहादुर बस्नेत र प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालबीच भएको छलफलपछि यस्तो निर्देशन दिइएको हो।

सोमबार वीरगंज नाकामा प्रहरीले चलाएको गोली लागि भारतीय युवक आशिष कुमार रामको मृत्यु भएको थियो ।हुलाकिन्युजबाट

तपाईको प्रतिक्रिया

trusted online casino malaysia