tripureshwar mandir madhesa sadharan sabha
इनरुवा २५ भाद्र /त्रिपुरेश्वर शिव मन्दिर मधेशाले साधारण सभा सम्पन्न गरेको छ ।त्रिपुरेश्वर शिव मन्दिर सेवा समिति सुनसरीले साधारण सभाको आयोजना गरी वार्षिक आयव्यय सार्वजनिक गरेको छ ।अध्यक्ष हेमनारायण चौधरीले सभामा उठेका जिज्ञासाहरुको समाधान गर्नुभएको थियो ।
कार्यक्रममा जेष्ठ नागरिक गोमादेवी दाहाल सहित चुणामणि निरौलालाई दोसल्ला तथा सम्मान पत्रका साथ सम्मान गरियो । स्थानीय गाउँवासीका साथै दाताहरुको सहयोगमा मधेशा वडा नम्वर ६ मा शिव मन्दिर निर्माण गरिएको छ ।

तपाईको प्रतिक्रिया