Sadbhawana

२५ भदौ, दिलिप साह सप्तरी । सदभावनापार्टीको संगठन बिस्तार अभियान कार्यक्रम अन्र्तगत राजविराज वड नं. ९ मा वर्गिय मञ्चहरुको बिस्तार गरेको छ । राजविराज वडा नं. ९ स्थित राप्राबि राजदैबीको प्रङमा भएको भेलाबाट युवा मञ्च, विद्यार्थी मञ्च, मस्लीम मञ्च, बुद्धिजीबि मञ्च, महिला मञ्च, दलित मञ्च, शिक्षक मञ्च, लगायतका मञ्चहरु बिस्तार गरेको हो ।

बिस्तार गरिएको मञ्चहरुमा नरेन्द्र झाको अगुवाइमा बुद्धिजीबि मञ्च, गोबिन्द यादवको अगुवाइमा बिद्यार्थी मञ्च, मोहम्द फिरोजको अगुवाइमा सदभावना मञ्च, रुबी खातुनको अगुवाइमा महिला मञ्च, जोगीन्द्र सदाको अगुवाइमा दलित मञ्च, रुदी यादवको अगुवाइमा ब्यापारी मञ्च बिस्तार गरिएको छ ।यसैगरी सो भेलाले जुवेदा खातुनको अगुवाईमा मुस्लिम मञ्च, नमन सिँहको अगुवाइमा कलाकार मञ्च, गठन गरिएको छ ।

सदभावना पार्टीका प्रभारी एवम बिद्यार्थी मञ्चका केन्द्रीय अध्यक्ष किसोर कुमार यादव, सदभावना पार्टीका नेता प्रा.डा हेमकुमार मिश्र, जिल्ला सदस्य बिपिन कर्ण, नन्दकिसोर यादव, प्रेस मञ्चका सचिव चन्दन कुमार यादव उपस्थितिमा बिभिन्न वर्गिय मञ्चहरुको बिस्तार गरिएको हो ।
यस्तै सो कार्यक्रममा बुद्धीजिवी फोरमका सदस्य रामदेव यादव, नरेन्द्र झा, मधुकान्त झा, सत्यनारायण साह, माहाबिर यादव, दिनेश दास, अशोक चौधरी, रामशंकर गौइत, लाल मोहमद, मोहमद हासीम, रुबी खातुन, जुवोदा खातुन, उमेश साह, सन्तोष मण्डल, दिपेन्द्र यादव, ललित झा, गोपाल साह, सोभा कुमार यादव, रेखा कुमारी यादव, गौरी चोधरी, संझादेवी दास, अजित यादव लगायत दर्जनो नेता तथा कार्यकर्ताहरुले बिभिन्न पार्टी प्रत्याग गरि सदभावना पार्टीमा प्रवेश गरको छ ।

तपाईको प्रतिक्रिया