nayayug blood donation

इनरुवा भदौं २५/सुनसरी सदरमुकाम इनरुवा ९ बलाहामा रहेको नवयुग बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजनामा भएको रक्तदान कार्यक्रममा १०१ जनाले रगत दान गरेका छन् ।आज  विहान कार्यालय हातामा सम्पन्न कार्यक्रममा १७ महिला र ८४ जना पुरुषले रक्तदान गरेको संस्थाले जनाएको छ ।संस्थाले २२औं स्थापना दिवसको अवसर पारेर खुल्ला रक्तादान कार्यक्रमको आयोजना गरेको हो ।

nayayug blood donation1

तपाईको प्रतिक्रिया