12081522_698853153584353_1613563675_n (2)

संगीतको संयोजन बिनाको पलहरु तपाई हाम्रा लागी न्यास्रो हुन्छ । हुन पनि होे । प्रसंग हो सांगीतीक क्षेत्रमा प्रवेश गरेकी स्रष्टाहरु मध्येकी एक स्रष्टा गायिका कला राईको । सांगीतीक क्षेत्रमा कला राई एक स्थापित नाम हो । संगीतका पारखिहरुको लागी त यो नाम धेरैनै परिचित छ ।
पछिल्लो समय सांगीतीक क्षेत्रमा प्रवेश गरेकीे गायिका कला यतिबेला निकै चर्चामा छिन । २०५७ सालमा रेडियो नेपालले आयोजना गरेको राष्ट्रब्यापि लोकगित प्रतियोगितामा प्रथम हुदै सांगीतीक यात्रा सुर गरेकीे गायिका कला राई यति बेला श्रोताको मन जित्न सफल छिन । कलाको अफर र कला नामक दुई एल्बमहरु बजारमा सार्बजनिक भैसकेका छन भने लुक्स नामक एल्बम समेत बजार भित्री सकेको छ । गायिका कला राईको पानधारे चौकी लगाएतका गितहरुले श्रोेताको मन जित्न सफल भएका छन ।
पछिल्लो समय उनको नया एल्बम लुक्स पनि सार्वजनिक भईसकेको छ । श्रोताको संगीतप्रतिको चाहानालाई मध्य नजर गर्दै लुक्स पनि श्रोेताको माझमा लिएर आएको उनी बताउछिन । उनले झण्डै एक दशक देखि नै सांगीतिक यात्रा सुरु गरेकी हुन । रेडियो नेपालमा २०५७ सालमा अधिराज्यभरी लोकगित सिङ्गिङ प्रतियोगितामा प्रथम भएपछि संगीत सिकाईसंगै यस क्षेत्रमा प्रवेस गरकी हुन । २०६२ सालमा भएको आधुनिक गित सिङ्गिङ प्रतियोगितामा दोस्रो स्थान हुदैे उनले पुर्ण रुपमा सांगीतीक यात्रा सुरु गरेकी हुन ।यस क्षेत्रमा उनी पानधारे चौकी ,वुगीवुगी फुल्यो फुल जस्ता गितसंगीतबाट स्थापित भएकी हुन । अफर उनको दोस्रो एल्वम हो । यस एलबमले उनलाई सांगीतिक क्षेत्रमा कला एक कुशल गायीका हुन भन्ने छाप छोडीदिएको छ ।
प्रस्तुति: आर्दश आले मगर इनरुवा सुनसरी

तपाईको प्रतिक्रिया