piter-girlfriend airpot waiting 10 days

भनिन्छ युरोप अमेरिकाका नागरिकहरुले गर्ने प्रेम क्षणिक हुन्छ । त्यहाँको सम्बन्ध टुटाउन र जोड्न क्षणभर लाग्दैन । उनीहरु स्वतन्त्र छन्, त्यसैले जे पनि गर्न सक्छन् । एक नेदरल्याण्डका नागरिकले भने आफ्नी प्रेमिकालाई सच्चा प्रेम गरेका छन् ।

आफ्नी प्रेमिकालाई भेट्न भनेर चीन पुगेका ती जर्मन नागरिकले भोक प्यास नभनि एयरपोर्टमा प्रेमिकालाई कुरेर बस्दा थाकेर बिरामी भइ अस्पताल भर्ना हुनु परेको छ । नेदरल्याण्डका ४१ वर्षीय एलेक्जेन्डर पिटर नामक ती व्यक्तिले चीनको हुनान प्रान्तकी झांग नामकी युवतीसँग प्रेम सम्बन्ध गासेका थिए । एप्समार्फत २ महिनाअघि ती २६ युवतीसँग परिचय गरेका पिटर विस्तारै प्रेम सम्बन्धमा परे । उनी आफ्नी प्रेमिकालाई भेट्न चीनको यात्रा तय गरे ।

चीनको चांगशा एयरपोर्टमा लिन आउछु भनेकी उनकी प्रेमिका १० दिन वित्दा समेत लिन आइनन् । उनको यो पर्खाइ चीनको विभिन्न मेडियाले कभर गर्न भ्याए । पिटरले मोबाइलमा रहेको आफ्नी प्रेमिकाको फोटो समेत संचारमाध्यमलाई देखाएका थिए । उनको यो प्रेम सम्बन्धका बारे हुनान टिभीले रिर्पोट बनायो ।

पिटर युवतीलाई भेट्न आएको र बिरामी परेको खबर टिवीबाट थाहा पाएकी झांग हुनान टिभीको सम्पर्कमा आइन् । उनले जर्मनी नागरिकले आफूसँग मजाक गरेको सम्झेको टिभीमा बताइन् । युवतीले भनिन् “ हाम्रो विचमा प्रेम सम्बन्ध गहिरो भएको थियो, तर पनि पिटरको व्यवहार केही अचम्म लाग्ने खालका देखिए ।

एकदिन उनले मलाइ प्लेनको टिकटको तस्बिर पठाएका थिए । मलाई लाग्यो उनले मजाक गरेका हुन् ।” झांगका अनुसार पिटरले एयरपोर्ट आएर फोन गर्दा प्लाष्टीक सर्जरीका लागि कुनै अर्को प्रान्तमा गएकी थिईन् । त्यसबखत उनको फोन बन्द थियो । झांगले ती युवक सँग मिल्न चाहेको र सम्बन्धलाई अझै अगाडि बढाउने चाहेको पनि संचारमाध्यमले जनाएका छन् । एजेन्सीको सहयोगमा

तपाईको प्रतिक्रिया