DSC08082

२८ भदौ, दिलिप साह सप्तरी। जिल्ला प्रहरी कार्यालय सप्तरी मातहतका ४८ मध्ये ७ वटा ईकाई तीन महिने अन्तर ईकाई कार्य प्रतियोगितामा उत्कृष्ठ घोषित भएका छन् । जिल्ला प्रहरी कार्यालय सप्तरीले प्रतिस्पर्धात्मक वातावरणमा प्रहरीलाई आफनो जिम्मेवारी, शान्ति सुरक्षा तथा अपराध नियन्त्रण र अनुसन्धानमा अझ दक्ष तथा सेवा प्रभावकारी वनाउने उदेश्यले ०७३ वैशाख देखि ३ महिने अन्तर ईकाई कार्य प्रतियोगिता संचालन गरेको हो ।

प्रहरीका अनुसार यस्तो योजना सम्भवतः नेपालमै पहिलो पटक प्रहरीले संचालनमा ल्याएको हो । यस अवधिमा सर्वोत्कृष्ठ घोषित हुनेहरुमा ईलाका प्रहरी कार्यालय कंचनपुर र प्रहरी चौकी लक्ष्मीपुर छन् । त्यस्तै विद्यागत तर्फ वडा प्रहरी कार्यालय राजविराज र ईलाका प्रहरी कार्यालयहरु भेडिया, महुली, सखडा र रुपनी उत्कृष्ठ भएका छन् ।

सर्वोत्कृष्ठ र उत्कृष्ठ घोषित भएका ईकाईलाई सोमवार एक समारोह विच प्रमुख अतिथि प्रहरी नायव महानिरिक्षक केशरीराज घिमिरे, प्रमुख जिल्ला अधिकारी वलदेव गौतम वरिष्ठ प्रहरी उपरिक्षक उत्तम वहादुर सिंह, प्रहरी उपरिक्षक भिमप्रसाद ढकालले कदर पत्रवाट सम्मानित गरेका छन् । सो अवसरमा कार्यक्रम वारे जानकारी दिदै प्रहरी उपरिक्षक ढकालले कार्यालय ब्यवस्थापन, आचरण र ब्यवहार, अपराध नियन्त्रण, अपराध अनुसन्धान तथा नागरिकसँगको ब्यवहार लगायतका विषयमा अनुगमन र मुल्यांकनको आधारमा उत्कृष्ठ ईकाईहरुको छनौट गरिएको जानकारी दिदै यसले भावी दिनमा प्रहरी कर्मचारीमा अन्तरनिहित ज्ञान, सिप र दक्षता अभिवृद्धि गर्न थप मद्धत पुग्ने विस्वास ब्यक्त गरे ।

कार्यक्रमका प्रमुख अतिथी घिमिरेले पुरस्कृत इकाईलाई वधाई दिदै अपराध नियन्त्रण र शान्ति सुरक्षा सुद्रिढ वनाउन जनतको सहकार्यमा अघि वढन सुझाव दिए । उनले भने–‘सुरक्षित समाज निर्माणका लागि नागरीक र प्रहरी विचको सम्वन्ध विस्तार गर्दै अघि वढन सके अपराध नियन्त्रणमा धेरै हदसम्म सफलता मिल्ने छ ।’ कार्यक्रम संचालन डिएसपी दानवहादुर कार्कीले गरेका थिए ।

तपाईको प्रतिक्रिया