२८ भदौ, दिलिप साह सप्तरी। अपाङ्गता भएका ब्यक्तिलाई अन्य ब्यक्ति सरह समान आधारमा अधिकारको उपभोग गर्न पाउने गरी कानुनी ब्यवस्था गर्न र त्यसको प्रभावकारी रुपमा कार्यान्वय गर्न सरोकारवालाले सुझाव दिएका छन् ।सोमवार राजविराजमा ब्यवस्थापिका संसदको महिला वालवालिका ज्येष्ठ नागरिक तथा समाज कल्याण समितिले आयोजना गरेको ‘अपाङ्गता भएका ब्यक्तिको अधिकार सम्वन्धि कानुन संसोधन र एकिकरण गर्न वनेको विधेयक २०७२ विषयक अन्तरक्र्रिया कार्यक्रम’मा उनीहरुले यस्तो सुझाव दिएका हुन् ।

कार्यक्रममा अपांगता भएका ब्यक्तिलाई हेयको दृष्टिले हेर्ने, सामान्य नागरिक भन्दा फरक ब्यवहार गर्ने लगायतका कुरालाई ब्यवहारीक रुपमै हटाउन कानुन वन्नु पर्ने र भएका कानुनलाई परिमार्जन गरेर भएपनि अपाङ्गको अधिकार संरक्षणका लागि राज्यले कदम चाल्नुपर्ने माग समेत गरिएको छ ।

प्रदेश नं. २ स्तरीय कार्यक्रममा विधेयकमा भएका ब्यवस्थाको वारेमा जानकारी दिदै समितिकी सभापति रञ्जु झाले अपांगता भएका ब्यक्तिलाई श्रृजनसिल, कलात्मक वौद्धिक तथा आन्तरीक क्षमताको विकास र उपभोग अधिकारका लागि आफुले पहल गरीरहेको जानकारी दिदै सोहि विषयलाई विधेयकका रुपमा अगाडि ल्याईएको पनि वताईन् । उनले अपांगता भएका ब्यक्तिलाई शैक्षिक, आवास, कार्यस्थल, सडक यातायात, संचारलगायतका अन्य सेवा तथा सुविधाहरुमा पहुँचको अधिकारका लागि आवश्यक सुझावको आग्रह समेत गरिन् ।

विधेयकको प्रस्तुति गर्दै समितिका शाखा अधिकृत मिन प्रसाद भट्टराईले झुटा विवरण पेश गरी अपांगता प्रमाण पत्र लिने कार्यले वास्तविक अपांग राज्यले दिने सेवा सुविधावाट समेत वञ्चित हुने गरेको भन्दै यसता कार्यलाई रोक्नुपर्ने वताए । उनले त्यस्ता ब्यक्तिलाई कारवाही समेत हुने गरी विधेयक तयार भईरहेको वताउँदै त्यसको निगरानी गर्ने काम सरोकारवालाहरुले गर्नुपर्ने वताए ।

तपाईको प्रतिक्रिया