3
भाद्र २८ इटहरी/आदिवासी जनजाती यूवा महासंघ नेपाल इटहरी उपमहानगर समितिको ५ औ नगर अधिवेशन इटहरीमा सम्पन्न भएको छ । अधिवेशनसँगै ३ दिने भाषण तथा उद्घोषण कला सम्वन्धि तालिम समेत संचालन गरिएको थियो । अधिवेशनले नयाँ कार्य समिति समेत चयन गरेको छ ।

उद्घोषण तालिममा नेपाली बिबिसि सेवाका सुनसरी सम्बादाता सिता मादेम्बा, आदिवासी जनजाती यूवा महासंघ नेपालका जिल्ला अध्यक्ष तथा संचारकर्मी आदर्श आले, पत्रकार पदम अधिकारी दोर्पाध्वज राईले संयुक्त रुपमा तालिम सहजिकरण गरेका थिए । पुर्वअध्यक्ष मिक्सो शेर्मा लिम्बुलाई सर्वसम्बतले पुन अध्यक्षमा चयन गर्दै २३ सदस्यीय कार्यासमिति चयन गरेको छ । त्यसैगरी उपाध्यक्षमा राजेश राई, सचिवमा छिरिङ शेर्पा, सह–सचिवमा रिना थामी र कोषाध्यक्षमा रोशन श्रेष्ठ सर्वसम्मत चयन भएका छन् ।

त्यसैगरी समितिको सद्स्यहरुमा दावा शेर्पा, दोर्चि शेर्पा, कृष्णकला श्रेष्ठ, नरबहादुर तामाङ, सरोज श्रेष्ठ, जस्मिन राई, प्रतिक मगर, सुदन देवान, देबकुमारी आले, कमल बहादुर राना, जुनु गुरुङ लगाएतका चयन भएको कार्यक्रमका मुल संयोजक एवम पूर्व उपाध्यक्ष अदव बान्तवाले जानकारी दिए ।

तपाईको प्रतिक्रिया