भाद्र २८ इनरुवा/ त्रिपुरेश्वर शिव मन्दिर सेवा समिति मधेशाको नयाँ कार्य समिति चयन भएको छ ।तेस्रो साधारण सभाले अध्यक्षमा हेमनारायण चौधरीलाई सर्वसम्मत यथावत राख्दै १३ सदस्यीय समिति चयन गरेको हो ।

उपाध्यक्षमा वंशीलाल चौधरी, कोषाध्यक्ष चिरञ्जिवी दाहाल, सचिव बाबुराम घिमिरे चयन भएका छन् । सदस्यहरुमा केवला दाहाल, पवित्रा पोखरेल, अन्दुलाल चौधरी, गोपिकृष्ण भट्राई, रुपन मोची, राजेन्द्र चौधरी, शंकर सुवेदी, मञ्जु गरागाई र शान्ता कोइराला चयन भएका छन् ।
मन्दिर व्यवस्थापन खर्च जुटाउने उदेश्यका साथ हरेक व्यक्ति प्रतिदिन रु एकका दरले मन्दिरलाई छुट्याउने अभियान समेत सुरु गरिएको गिरिराज पोखरेलले बताए ।

तपाईको प्रतिक्रिया