IMG_20160910_142915

२८ भदौ, दिलिप साह सप्तरी। सप्तरीको दक्षिणी क्षेत्रको गाविसका वडा नागरिक मंचका तथा नागरिक सचेतना केन्द्रका पदाधिकारीहरुलाई बालमैत्री स्थानीय शाषण सम्बन्धी तालिम दिइएको छ ।बालमैत्री स्थानीय शाषण कार्यान्वयन गराउने उद्देश्यले नागरिक सचेतना केन्द्र र वडा नागरिक मंचका पदाधिकारीहरुलाई यो तालिम दिइएको हो ।

युनिसेफको सहयोगमा जिल्ला विकास समितिको समन्वयमा आसमान नेपालद्वारा जिल्लाको ८ गाविसमा यो तालिम संचालन गरिएको छ । पातो, तरही, रौतहट, काचन, ब्रहमपुर, कविलासा, गम्हरिया प्रवाहा र खडगपुर गाविसमा तालिमको आयोजना गरिएको छ । मानराजा र औरही गाविसमा पनि यो तालिमको आयोजना गरिने आयोजक आसमान नेपालले जनाएको छ ।

तालिममा बाल बचाउ, बाल अधिकार, बाल संरक्षणका साथै स्थानीय निकायबाट बालबालिकाको नाममा बिनियोजन हुने बजेट र कार्यान्वयनको बिषयमा तालिमका सहभागीहरुलई जानकारी गराइएको थियो । तालिममा सुमन मिश्र र पवन साहले सहजीकरण गरेका छन् ।
तालिमपछि वडा नागरिक मंच र नागरिक सचेतना केन्द्रका पदाधिकारीहरुले बालमैत्री स्थानीय शाषण कार्यान्वयनका लागि सकृय रहने प्रतिबद्वता व्यक्त गरेका छन् ।

तपाईको प्रतिक्रिया