14328920_1158501610864431_2019448586_n
भाद्र २९ लौकही/ संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रधानमंत्रीको भारत भ्रमण विना एजेण्डाको भएपनि त्यसले मुलुकलाई निकाशको नयाँ बाटोमा डोर्याउने बताउनु भएको छ ।
सुनसरीको लौकहीमा आयोजित शुसासन तथा जवाफदेहिता विषयक अन्र्तकृया कार्यक्रममा बोल्दै यादवले प्रधानमंत्री प्रचण्डको भारत भ्रमण मधेश मुद्धा सम्बोधनको पाटोमा टर्निङ पोइन्ट बन्न सक्ने बताउनु भएको हो ।
यादवले ओली सरकार बढाएको दुरीलाई प्रचण्डको भारत भ्रमण सम्वन्ध सुधार गर्ने यादवको भनाई थियो ।

14355839_1158501694197756_1469263366_n
प्रधानमंत्रीले आफ्नो भ्रमण तालिका पूर्वनै संविधान संसोधनको प्रकृया अघि बढाउने बताएपनि सो नगरेकोमा असन्तुष्टि जनाउनु भएको यादवले प्रधानमंत्रीको स्वदेश फिर्तिसँगै उक्त प्रकृया अघि बढ्नेमा विश्वास भने व्यक्त गर्नुभयो । यादवले मधेश आन्दोलन र त्यसका मागहरु सम्बोधन गरी अघि बढ्ने गरी नयाँ सरकार गठन भएको बताउँदै क्रमश आफुहरुका माग सरकारले सम्बोधन गर्नेमा आफु ढुक्क रहेको बताउनुभयो ।
कार्यक्रममा सीमात्कृत महिलाको क्षमता अभिवृद्धी हुने खाले कार्यक्रमहरु अघि बढाउन यादवले पहल थाल्ने बताउनु भयो ।

तपाईको प्रतिक्रिया