bal dwsss
इनरुवा भाद्र २९/बाल दिवशका अवसरमा सुनसरीमा विभिन्न कार्यक्रम गरिएका छन् ।
सदरमुकाम इनरुवा स्थित रहेका बाल मन्दिर निमाविमा जिल्ला स्थित सरोकारवालाहरुको उपस्थितीमा दिवसको सार्थकता विषयक अन्र्तकृया तथा सांस्कृतिक कार्यक्रमको आयोजना गरियो ।
जिल्लास्थित सरकारी कार्यालयका प्रमुख तथा प्रतीनिधी सहित राजनैतिक दल र सरोकारवालाहरुको उपस्थितीमा बालबालिकाहरुले सांगितिक प्रस्तुति समेत दिएका थिए ।

bal dws 4
त्यसैगरी सेन्टमेरिज बोर्डिङ स्कुलले समेत सास्कृति कार्यक्रमको आयोजना गरी बाल दिवस मनाएको छ ।
कार्यक्रममा विद्यालयका छात्रछात्राले नृत्य प्रस्तुत गर्नुका साथै चेतना मूलक नाटक समेत प्रर्दशन गरेका थिए ।

तपाईको प्रतिक्रिया