दिलिप कुमार साह
राजविराज, ३० भदौ । जिल्लाको एक मात्र संस्कृत विद्यालयका छात्र–छात्राहरु विहीबार संस्कृत तथा नेपाली विषयमा सर्वोत्कृष्ट अंक ल्याए वापत पुरस्कृत भएका छन् ।
सखडा स्थित रहेको छिन्नमस्ता भुपेन्द्र संस्कृत माध्यमिक विद्यालयबाट प्रवेशिका परिक्षामा संस्कृत र नेपाली विषयमा उत्त विद्यालयमा सबै भन्दा बढी अंक ल्याए वापत विहीबार एक कार्यक्रमका बिच पुरस्कृत भएका हुन् । संस्कृत विषयमा सर्वोत्कृष्ठ अंक ल्याएका गत वर्ष र यस वर्षका २ छात्र पं. नित्यानन्द स्मृती पुरस्कार र नेपाली विषयमा सर्वाधिक अंक ल्याएका दुवै वर्षका २ छात्र र २ छात्रा छठू सगुनियाँ स्मृती पुरस्कारबाट पुरस्कृत भएका थिए ।
पत्रकार वैद्यनाथ झाले आफ्ना बुवाको नाममा स्थापना गर्नुभएको नित्यानन्द स्मृती पुरस्कारको रासी जनही १ हजार १ थियो भने पत्रकार ध्रुब कुमार मण्डलले आफ्नो हजुर आमा र हजुर बुवाको नाममा स्थापना गरेको छठू सगुनियाँ स्मृती पुरस्कारको रासी जनही ५ सय ५ थियो । संस्कृत विषय तर्फ पुरस्कार पाउनेहरुमा गत वर्ष २०७१ का छात्र राकेश कुमार साह र २०७२ का अर्जुन कुमार खंग रहेको थियो भने नेपाली विषयमा २०७१ सर्वाधिक अंक ल्याएका छात्र संजय सदा र छात्रा आरती कुमारी मण्डल तथा २०७२ मा छात्र राजीव कुमार यादव र छात्रा कंचन कुमारी पंडित रहेको थियो ।
विद्यालयका निमित प्रधानाध्यापक रामेश्वर यादवको अध्यक्षतामा भएको कार्यक्रममा पत्रकार माला कर्णले पुरस्कारलाई पैसावाट मुल्यांक नगर्न अनुरोध गर्नुभएको थियो । कार्यक्रममा प्रेस स्वतन्त्रता सेनानी वैद्यनाथ झाले बाल संरक्षण हाम्रो दायित्व भएकोले कोहिपनि शिक्षाको उज्यालो घामबाट बञ्चीत नहुनुपर्ने बताउनुभयो । कार्यक्रममा पत्रकार ध्रुब कुमार मण्डल, विद्यालयका शिक्षकहरु भोगेन्द्र नारायण झा, अनिल कुमार मण्डल, संस्कृत विषयका शिक्षक हिरालाल खंग, मनोज कुमार मण्डल लगायतले आ–आफ्ना मनतव्य व्यक्त गर्नुभएको थियो ।
राष्ट्रिय वाल दिवसको अवसरमा उत्त विद्यालयमा हाजिरी जवाफ प्रतियोगिता, निबन्ध प्रतियोगिता, सटपुट, हाई जम्प, लौंग जम्प, दौड छात्र तथा छात्रा तर्फ, संगित प्रतियोगिता, चित्रकला लगायतको प्रतियोगिता गराईएको थियो । सोही अवसरमा विभिन्न विधामा सर्वाेत्कृष्ठ गरेका छात्र छात्राहरुलाई विद्यालयले पुरस्कृत गरेका थिए भने कक्षामा सब भन्दा बढी उपस्थित हुने १ देखि १० सम्मका छात्र छात्राहरुलाई समेत पुरस्कृत गरेका थिए ।

तपाईको प्रतिक्रिया