trusted online casino malaysia
trusted online casino malaysia

दिलिप कुमार साह
राजविराज, ३० भदौ । नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र राजविराजले बर्षौदेखिरकम नतिर्नेको लाइन काट्न थालेपछि रु. १२ लाख ५१ हजार ३७५ असुली गरेको छ । वर्षौंदेखि विद्युत महशुल नतिर्ने एक लाख भन्दा बढी बक्यौता रहेका ग्राहकहरुको सूची तयार गरी लाइन काटिन थालिएपछि सो रकम असुली भएको हो ।
अहिलेसम्ममा १०६ जनाको लाइन काटिसकेको नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र राजविराजका प्रमुख रामउद्गार साहले जानकारी दिनुभयो । जिल्लाका सहरी र ग्रामिण क्षेत्र गरी कुल ५२ हजार ग्राहक रहेकोमा रु.२४ करोड ४६ लाख ३२६ पैसा १६ बक्यौता रहेको उहाँले जानकारी दिनुभयो ।
जसमध्ये ग्राहस्थमा रु. १३ करोड १२ लाख, औद्योगिकतर्फ रु. दुई करोड २३ लाख, सरकारी कार्यालयतर्फ रु. एक करोड २२ लाख र सडक बत्ती प्रयोजनमा रु. पाँच करोड ६७ लाख बक्यौता रहेको प्रमुख साहले जानकारी दिनुभयो ।
उम्मदेश्वर साइस मील रु. चार लाख १३ हजार ५३० पैसा ८३, लक्ष्मी राइस मील रु. चार लाख ५२ हजार ४०४ पैसा ४०, लक्ष्मी सःमील रुपनी रु. दुई लाख ६९ हजार ८४६ पैसा २०, महेन्द्रप्रसाद साह रु. सात लाख ११ हजार ४७४ पैसा ५०, नगरपालिका कार्यालय रु. २८ करोड एक लाख ९६ हजार १२२ पैसा ९१ लगायत उपर बक्यौता रहेको लेखापालका राजेशकुमार झाले जानकारी दिनुभयो ।
यस्तै गोपाल च्यारेटरी ट्रष्ट रु. पाँच लाख सात हजार ७०५ पैसा ६०, देविलाल चौधरी रु. तीन लाख ९६ हजार ४८५, तिलाठी गाविस रु. छ लाख नौ हजार १८९ पैसा ७९, मावि लौनिया रु. तीन लाख ६९ हजार ६८५ पैसा चार, अब्दुल रजक मियाँ उपर रु. तीन लाख ५७ हजार ३८२ पैसा ८० बक्यौता रहेको उहाँले जानकारी दिनुभयो ।
रु. एक लाख भन्दा बढी विद्युत महशुल बक्यौतामा अधिकाँश सरकारी कार्यालय, गाविसको कार्यालय, उद्योग, केही व्यक्तिगत, र फार्मको नाममा रहेको बताएको छ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia