DSC05098

इनरुवा भाद्र ३१/सुनसरी सदरमुकाम इनरुवामा आयोजना गरिएको बाल दिवस विषयक जिल्लास्तरीय अन्र्तकृयामा सहभागि सरोकारवालाहरुले कानुनको प्रभावकारी कार्यान्वयनमा जोड दिएका छन् ।
बालबालिकाका हक अधिकारका बारे कानुन बनेतापनि प्रभावकारी कार्यान्वयनको खाँचो रहेको औल्याइएको हो ।
बाल अधिकार हनन तथा हिंसाजन्य गतिविधी निरमुल पार्न हातेमालोको जरुरी औल्याएका उनिहरुले आ आफ्नो क्षेत्रबाट पहल थाल्न तयार रहेको प्रतिवद्धता समेत जनाए ।
कार्यक्रममा अधिकारकर्मी सुमन अधिकारीले नेपालको संविधान २०७२ र बालअधिकार विषयक कार्यपत्र प्रस्तुत गरेका थिए । प्रस्तुत प्रतिवेदन उपर विष्णु थापा मगर, सरोज बराल, योशा गुरागाईले टिप्पणी गरेका थिए ।
कार्यक्रमका प्रमुख अतिथि सुनसरी जिल्ला अदालत सुनसरीका न्यायाधिस अर्जुन कोइरालाले बालअधिकारका संरक्षणमा सवैले तदारुकता देखाउनुपर्ने धारणा राख्नु भयो । जिल्लामा बाल अधिकार हननका घटनाहरु अदालत समक्ष नआएको बताउँदै न्यायाधिस कोइरालाले सबैमा समान न्यायिक पहुँचको उद्येश्य अनुरुप आफुहरु लागिपरेको धारणा राख्नुभयो ।
कार्यक्रममा बाल दिवसका अवसरमा आयोजित विभिन्न प्रतियोगिताका विजयी तथा बाल क्लबमा रही योगदान पुरयाउनेहरुलाई सम्मान समेत गरिएको थियो । महिला तथा बालबालिका कार्यालय प्रमुख रश्मि श्रेष्ठले कार्यक्रममा जिल्लाको अवस्था र बालअधिकारका क्षेत्रमा सरोकारवालाहरुले खेल्दै आएको भूमिकाका बारे प्रष्ट्याउनु भएको थियो । कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी चण्डेश्वर पोखरेल, स्थानीय विकास अधिकारी रामप्रसाद वाग्ले लगायतको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया