दिलिप कुमार साह
राजविराज, असोज १ गते । प्रत्येक वर्ष झै असोज १ गते कालीगढ तथा धातु औजारका उपभोक्ताहरुले शनिबार भव्यताका साथ विश्वकर्माको पूजाआजा गरी मनाइएको छ ।
एका बिहानै आफ्ना सवारीसाधन, कलकारखाना तथा औजारहरुलाई सफासुग्घर गरेर रंगीचंगी पारेर पूजा गरी विश्वकर्मा पर्व मनाइएको छ । आफनो फलामे औजारको पूजा गर्नाले वर्षभरी टिक्ने र काममा अवरोध नहुने जनबिश्वास छ ।
द्वापर युगमा भगवान् कृष्णलाई राक्षसले दुःख दिएपछि विश्वकर्माले एकै रातमा समुद्रका बीचमा ‘भेद द्वारका’ को निर्माण गरी लुकाएको धार्मिक विश्वास छ । यसरी ‘भेद द्वारका’ को निर्माण गरेकाले विश्वकर्मालाई सफल वास्तुविद्का रुपमा मानेर सोही समयदेखि पूजाआजा गर्ने परम्परा बसेको छ ।
माटोको कलात्मक वा कागजको विश्वकर्मा बाबाको तस्वीर राखेर उद्योगी, प्रेस सञ्चालक, सवारी धनी एवं कालीगढहरुले विश्वकर्मा बाबाको पूजा गररे विश्वकर्माको गुण प्राप्त हुने विश्वास रहेको छ ।

तपाईको प्रतिक्रिया