dil-bahadur-shrestha-1

इनरुवा असोज २ /पूर्व गृह मंन्त्री दिल बहादुर श्रेष्ठको निधन भएको छ । श्रेष्ठको ८९ वर्षको उमेरमा गयरातीे उपचारका क्रममा काठमांडौमा निधन भएको दिलबहादुरका छोरा सिनेट श्रेष्ठले जानकारी दिए ।
पछिल्लो केहिमहिना यता दिलबहादुर निरन्तर चिकित्सकको निगरानीमा रहँदै आएका थिए । दिलबहादुर मृगौला र मुटु रोगको विरामी थिए । श्रेष्ठलाई इनरुवाका संस्थापकका रुपमा लिइन्छ । उनले इनरुवालाई सदरमुकाम कायम गराउन महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । श्रेष्ठ शुभेच्छुकमाझ साने बाबुका नामले चिनिन्छन् ।

तपाईको प्रतिक्रिया