koshi khoji 7
इनरुवा असोज २/सप्तकोशी नदीमा वेपत्ता भएकाहरुको खोजीकार्य आज विहानैबाट सुरु गरिएको छ ।
हिजो दिउसो डुङगा दुर्घटना हुदा वेपत्ता भएकाहरुको खोजीका लागि आज विहानैबाट नेपाल प्रहरी,ससस्त्र र नेपाली सेनाको टोली परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी मोहन चापागाईले बताउनु भयो ।

koshi khoji 8
दुर्घटना लगत्तै ३७ जनाको सकुशल उद्यार गरिएपनि अझै पनि वेपत्ताको संख्या यकिन हुन भने सकेकोे छैन् ।
स्थानीयहरुले वेपत्ताको संख्या १५ जना बढी रहेको बताएपनि प्रहरीले बढीमा ७ जना वेपत्ता भएको हुन सक्ने अनुमान गरेको छ ।
राती अवेरसम्म संकलन गरिएको विवरणका आधारमा ७ जना हराएको देखिन आएको सुनसरी प्रहरीले जनाएको छ । यद्यपी तथ्याङक तलमाथि हुन सक्ने प्रहरीको भनाई छ ।
अहिले सम्म वेपत्ताको अवस्था खुल्न सकेको छैन् ।

तपाईको प्रतिक्रिया