koshi dungaaa 4
इनरुवा असोज २/सप्तकोशी नदीमा वेपत्ता भएकाहरुको संख्या यकिन भएको छ ।
सुनसरी प्रहरीले स्थलगत गलत संकलन गरी नदीमा वेपत्ता हुनेको संख्या १० जना रहेको जनाएको छ ।
वेपत्ता हुनेहरुमा महेन्द्रनगर ५ वस्ने ७ वर्षिया रेखा झा, २५ वर्षिया मिना झा, ३ वर्षिया पुजन झा, ४५ वर्षिया सकुन्तला चन्द्रवंशी, ५५ वर्षकी चननदेवी यादव र सोही स्थानका १२ र १५ वर्षिया नाम नखुलेका दुई बालिका रहेका छन् ।
त्यसैगरी प्रकाशपुर ५ की पार्वति चन्द्रवंशी,  ३५ वर्षिया सिता कबिरत र प्रकाशपुर ४ का डुङ्गा चालक समेत रहेका तुफानी चन्द्रवंशी रहेको सुनसरी प्रहरीले जनाएको छ ।
सुनसरी प्रशासनले डुङ्गामा ४५ जना चढेको तथ्याङकलाई आधार मानेपनि स्थानीयवासीले भने ६० जना बढी सवार रहेको दावी गरेका छन् ।
श्रींलंका टापुका रामविलास चन्द्रवंशीले डुङ्गामा ६२ जना चढेको बताएका छन् । उनले टापुका मात्रै ५९ जना डुङ्गामा चढेको दावी गरेका छन् ।
वेपत्ता भएका हरुको खोजीका लागि आज विहानैबाट कोशी नदीमा सुरक्षाकर्मी परिचालन गरिएको छ । दुर्घटना लगत्तै ३७ जनाको सकुशल उद्यार गरिएको थियो ।
अहिले सम्म वेपत्ताको अवस्था खुल्न सकेको छैन् ।

तपाईको प्रतिक्रिया