इनरुवा २ असोज/पूर्व गृहमंत्री तथा इनरुवाका संस्थापक दिलबहादुर श्रेष्ठको निधनको शोकमा भोलि इनरुवा बजार बन्द हुने भएको छ ।
इनरुवालाई सदरमुकाम कायम गराउन तत्कालिन समयमा महत्वपूर्ण भूमिका निर्वाह गरेका दिलबहादुर (सानो बाबु)को निधनप्रति श्रद्धान्जली स्वरुप इनरुवा बजार बन्द गर्न लागिएको हो ।
उद्योग वाणिज्य संघ इनरुवाले सुचना जारी गर्दै भोलि विहान बाट ११ बजेसम्मका लागि सम्पूर्ण बजार पसल बन्द गर्ने निर्णय गरिएको व्यहोरा जानकारी गराएको हो ।
इनरुवालाई सदरमुकाम कायम गराउन देखि बजार विस्तार लगायतका क्षेत्रमा दिलबहादुरले लगाएको गुन नगरवासीले भुल्न नसक्ने भएकाले उनको सम्झनामा शोक व्यक्त गर्ने निर्णय गरिएको उद्योग वाणिज्य संघ इनरुवाका अध्यक्ष पञ्चदेव मेहताले बताए ।
यसैगरी साने बाबुको निधन प्रति शोक जनाउँदै आज इनरुवाका भगवति, वालमन्दिर, रामजी राजाजी लगायतका विद्यालय बन्द गरिएकाछन । श्रेष्ठले इनरुवाको शिक्षामा पुरयाएको योगदानको स्मरण गर्दै विद्यालय बन्द गरिएको भगवति माविका प्रअ पुरुषोत्तम घिमिरेले बताउनुभयो ।