koshi khoji 8
इनरुवा असोज २/ सप्तकोसी नदीमा डुंगा पल्टिँदा १३ जना बेपत्ता भएको पुष्टि भएको छ ।
प्रहरीबाट प्राप्त पछिल्लो विस्तृत विवरण पश्चात दुर्घटना हुँदा डुंगामा ५९ जना सवार रहेको सुनसरी प्रशासनले पुष्टि गरेको हो ।
जसमध्ये ४६ जनाको उद्यार भएको छ भने १३ जना सम्पर्क विहिन रहेको जनाइएको छ । उनिहरुको अवस्था यकिन हुन नसक्दा नदीमा डुबेको हुन सक्ने अनुमान गरिएको छ ।
वेपत्ता १३ जना मध्ये १० जनाको मात्र पहिचान खुलेको छ । डुंगा पल्टदा सुनसरीको प्रकाशपुर श्रीलंका टप्पुका रेखा झा, पुजन झा, मिना झा बेपत्ता भएको सुनसरी प्रहरीले जनाएको छ ।
यसैगरी डुङ्गा पल्टिँदा पार्वती चन्द्रवंशी, सकुन्तला चन्द्रवंशी, तुफानी मण्डल चन्द्रवंशी, सीता कबिरथ, बन्नादेवी साह, डोकु चन्द्रवंशीकी १२ वर्षकी छोरी र अर्का १२ वर्षका बालक बेपत्ता भएको सुनसरीका प्रमुख जिल्ला अधिकारी मोहनबहादुर चापाँगाईंले बताउनुभयो ।
सुनसरी र उदयपुर प्रहरीले श्रीलंका टप्पुमा पुगेर संकलन गरेको पछिल्लो तथ्यांकका आधारमा १३ जना वेपत्ता भएको प्रारम्भिक विवरण सार्वजिनक भएको हो ।
सुनसरीको प्रकाशपुर स्थित श्रीलंका टप्पुबाट प्रकाशपुर बजार तर्फ आँउदै गरेको डुंगा शनिबार दिउँसो सप्तकोसी नदीमा पल्टिएको थियो ।
वेपत्ताहरुको खोजीका लागि आज विहानैबाट सुरक्षाकर्मीको टोली सप्तकोशी नदीमा क्षेत्रमा परिचालन गरिएको छ । अहिलेसम्म कोही कसैको अवस्था बारे पत्ता लाग्न सकेको छैन् ।

तपाईको प्रतिक्रिया