karam pujaa amar karam pujaa amar.jpge
इनरुवा असोज ३ /सुनसरीमा यतिवेला उराँव समूदाय करम पुजामा व्यस्त छन् ।नेपालकै सबैभन्दा बढी उराँव समूदायको बसोबास रहीआएको सुनसरीमा करम पुजा तथा महोत्सव आयोजना गरिएको छ ।करम पुजा उराँव समूदायको ठुलो र महत्वपूर्ण चाड हो । भाद्र पुर्णिमाको दिन सामूहिक जमरा राखेर नाँचगान सहित पर्व मनाउन सुरु गरिन्छ ।

घरघरमा गएर जातिय भेषभुषा सहितको नृत्यका साथै सामूहिक जमरा राखिएको स्थानमा पुजाआजा गरी बाजागाजा सहित नृत्य गर्ने गरिन्छ ।
सुनसरीको भोक्राहा स्थित ठिठरु टोलमा नेपाल उराँव आदिवासी जनजाती प्रतिष्ठान सुनसरीले विशेष कार्यक्रमको आयोजना गरी आज करम पुजा मनाएको छ ।

उराँव समूदायमा करम पुजाले अन्नवाली सप्रिने, परिवारमा शुख शान्ति र दीर्घायु हुने जनविश्वास रही आएको छ ।नेपालमा ६१ हजारको हाराहारीमा उराँवहरुको बसोवार रहेकोमा सुनसरीमा मात्रै २८ हजारको संख्यामा उराँवहरुको बसोबास रहेको छ ।

तपाईको प्रतिक्रिया