birami bacha belbari upchar abhab३ असोज, नरेन्द्र बस्नेत बेलबारी । मोरङको बेलबारी ४ लालभित्तिका डेकबहादुर बराकोटीका ८ वर्षे भुवन बाराकोटीको दुबै किडनीमा संक्रमण भएपछि उपचारमा समस्या देखिएको छ ।

स्थानीय कबिर माध्यमिक बिद्यालयको कक्षा ३ मा अध्ययनरत उनी बिगत ६ महिना देखि बि.पि.कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान (घोपा) क्याम्प मा उपचार गराईररहेका छन । बालकको दुबै किड्नीमा संक्रमण भएको पत्ता लागेपछि थप उपचारको लागि आर्थिक अभावका कारण उनको परिवार सहयोगी दाताहरुको पर्खाइमा रहेका छन ।

यसअघि सोही स्थानका १२ बर्षिय बालक सलिम धिमाल दाताहरुबाट संकलन भएको रकम बाट भारतको गंगाराम अस्पतालमा उपचार गराईररहेका छन भने अर्का १२ बर्षीय बालक जगत राउत उपचार खर्चको अभावमा दाम्लोमा बाँधिन बाध्य भएका छन ।

तपाईको प्रतिक्रिया