unकाठमाडौं , १९ कात्तिक । उपप्रधान एवं परराष्ट्रमन्त्री कमल थापाले भारतको नाकाबन्दीबाट उत्पन्न मानवीय संकटबारे विश्वको ध्यानाकर्षण गराउँदै यो नाकाबन्दीलाई संयुक्त राष्ट्रसंघमार्फत औपचारिक रूपमा अन्तर्राष्ट्रियकरण गरेका छन्।

स्विजरल्यान्डको जेनेभामा जारी संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को २३ औं विश्वव्यापी आवधिक समीक्षासत्रमा बोल्दै परराष्ट्रमन्त्री कमल थापाले भारतको नाम उच्चारण नगरी सीमानाकाबाट डेढ महिनायता अत्यावश्यक सामग्री भित्र्याउन अवरोध बेहोर्नुपर्दा अत्यन्तै कठिन अवस्था उत्पन्न भएको बताएको छ। थापाले नेपालका सम्पूर्ण जनताको जीवनस्तरमा अहिलेको सीमा अवरोधले प्रतिकूल प्रभाव पारिरहेको पनि बताए।

जारी संकटका कारण विद्यालय र अस्पतालमा पनि प्रभाव परेको जनाउँदै उनले अन्तर्राष्ट्रिय समुदायसमक्ष लाखौं बालबालिका र वृद्धलाई मार परिरहेको स्पष्ट पारे। थापाले बालबालिकाहरू शिक्षाबाट वञ्चित हुन गई उनीहरूको भविष्य नै जोखिममा परेको र उद्योगधन्दा पनि खत्तम हुने अवस्थामा पुगेको जानकारी गराए। अाजकाे अन्नपूर्ण पोस्ट दैनिकमा खबर रहेकाे छ ।

 

तपाईको प्रतिक्रिया