hatiyar

सिरहा, असोज ४/सिरहाको मिर्चैया १ बाट दुई थान पेस्तोल, म्याग्जिन र १४ राउण्ड गोली सहित  दुईजना  पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्ला  धनुषा सिंगामाडी मडान ३ बस्ने २४ बर्षीय नागेन्द्र यादब र सिरहा बिध्यानगर गाबिस ८ बस्ने ३४ बर्षिय जाहिर रायन रहेको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी प्रमुख डिएसपी श्यामसिङ चौधरीले बताए ।

गोप्य सुचनाका आधारमा इलाका प्रहरी कार्यालय मिर्चैयाबाट डिएसपी चौधरीको नेतृत्वमा खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ दुवैजनाको शरिर खानतलासी गर्ने क्रममा यादववको शरिरबाट १ थान नलकटुवा पेस्तोल र सोही पेस्तोलमा लाग्ने गोली ५ राउण्ड गोली र रायनको साथबाट अर्को थान पेस्तोल र सोहि पेस्तोलमा लाग्ने गोली ९ राउण्ड र २ थान म्याग्जिन बरामद गरेको चौधरीले बताए ।

प्रहरीले उनिहरुले प्रयोग गरेको को ४ प ५५८७ नम्बरको मोटरसाईकल र सामसुङ मोबायल १ थान समेत बरामद गरेको छ । प्रहरीले पक्राउ परेकाहरु उपर हातहतियार खरखजाना अन्तर्गत मुद्दा दर्ता गरी कानुनी कार्बाही थालेको छ ।

तपाईको प्रतिक्रिया