trusted online casino malaysia
trusted online casino malaysia

दिसामा भेटियो भाइब्रो कोलरा, अवस्था भयावह हुन सकिने आशंका

सप्तरीको कोइलाडी गाविस–२का झाडापखालाका विरामी उपचार गराउँदै ।
सप्तरीको कोइलाडी गाविस–२का झाडापखालाका विरामी उपचार गराउँदै ।

०६ असोज, दिलिप साह सप्तरी । सप्तरीको जमुनी मधेपुरा गाविसमा फैलिएको झाडापखाला नियन्त्रण भएको एकसाता नबित्दै अर्को गाविसमा झाडापखाला फैलिएको छ । झाडापखाला लागेको मध्येका चार जनाको दिसा परिक्षण गर्दा दुई खतरनाक भाइब्रो कोलरा भेटिएको छ, जुन हैजाको रुप लिन सकिने जिल्ला जनस्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक तथा महामारी नियन्त्रण संयोजक राजनारायण ठाकुरले जानकारी दिनुभयो ।

जिल्लाको बाढीपीडित कोइलाडी गाविस–२ मा गत शनिबार फाट्टफुट्ट रुपमा देखा परेको झाडापखाला सिंगो बस्तीमा नै फैलिएको जिल्ला जनस्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ । बुधबार सम्म २५ जना झाडापखालाका गम्भिर बिरामी फेला परेका छन् । सुरुमा वान्ता हुने र पखाला लाग्ने गरेकोमा अहिले पेट दुख्ने समस्या पनि देखिन थालिएको छ । झाडापखालाबाट अधिकांश बालबालिका र महिला विरामी छन् ।
जिल्ला जनस्वास्थ्य कार्यालयले पाँच जना स्वास्थ्यकर्मीलाई सलाइन पानी, जीवनजल, जिकं ट्याबलेट र आवश्यक औषधि सहितको गाउँमै २४ घण्टै खटाएको जनस्वास्थ्य निरीक्षक ठाकुरले जानकारी दिदै अवस्था गम्भिर हुने विरामीहरुलाई गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा उपचार भइरहेको छ । अञ्चल अस्पतालमा कोइलाडीकी सत्तोदेवी मण्डल र उहाँकी छोरी कविता, रासखियादेवी मण्डल, उहाँकी बुहारी फुलकुमारी र नातिनी मान्सी मण्डल, सोनीदेवी मण्डल, जेठानी रुबीदेवी र रुबीको छोरा दिलखुश मण्डल, बिनादेवी मण्डल, उहाँकी दुई वर्षीया छोरी सपना, नन्द दीपाकमारी र देवर मना मण्डलको उपचार भइरहेको अस्पतालले जनाएको छ ।

झाडापखालका विरामी मध्ये चार जनाको अञ्चल अस्पतामा दिसा परिक्षण गर्दा दुई जनामा पोजिटिभ (भाइब्रो कोलरा) देखिएपछि अवस्था भयावह हुन सकिने अवस्था रहेको भन्दै ठाकुरले यसबारे केन्द्रमा जानकारी गराइसकेको र त्यहाँबाट विशेषज्ञ टोली आज पठाउने भनिएपनि अहिलेसम्म नआएको जानकारी दिनुभयो । हामीले भयावह अवस्था आउन नदिन पुरै सक्रियसाथ शर्तकता अपनाएका छौ, उहाँले भन्नुभयो, तर नयाँ विरामी आउने क्रम रोकिएको छैन ।

प्रदुषित खानेपानी, सरसफाइको अभाव तथा उचित खानपानमा ध्यान नदिएको कारण झाडापखालाले फैलिएको स्वास्थ्यकर्मीहरुको भनाई छ । जिल्लामा उक्त गाविस सहित सरकारी र गैर सरकारी गरी दर्जन भन्दा बढीसंस्थाहरु सरसफाइका लागि सचेतनामुलक कार्यक्रम गर्दै आएको छ । तर, प्रभावकारी नहुँदा यस्तो समस्या आएको सर्वसाधारणको भनाइ छ । सरसफाइको नाममा वार्षिक करोडौ रुपियाँ खर्चिने गरेको छ । झाडापखाला अनियन्त्रित हुने थाहा भएपछि सर्वसाधारणमा त्रास फैलिएको छ ।

नौ दिन अघि भदौ २८ गते जमुनी मधेपुरा गाविस–२ जमुनी टोलमा फैलिएको झाडापखाला २१ घरपरिवारका ५ बालबालिका सहित ३० जना महिला, ३४ जना पुरुष गरी ६४ जना प्रभावित भएका थिए । अहिले त्यहाँ पूर्ण नियन्त्रणमा छ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia