६ असोज,  दिलिप साह सप्तरी । सप्तरी जिल्लाको विभिन्न स्थानबाट प्रहरी र विधुत प्राधिकरणको सँयुक्त टोलीले आज बिधुत चोरी गर्ने एघार जनालाई नियन्त्रणमा लिई कारवाही गरेको छ ।

बिधुत चुहावट सम्बन्धि अगुगमनमा निस्केको टोलीले कल्याणपुर– ४ का मोहमद अन्सारी, मोहमद सद्रि आलम, खोजपुर- २ का जुक्ति चौधरी थारु, खोजपुर–७ का श्रवण मण्डल, बनरझुला-२ का मोहमद ईजराईल, मोहमद लुकमान, पन्सेरा–५ का सुदरु सदा, लक्ष्मण दास, अमित कुमार मण्डल, शम्भुनाथ–६ का मोहमद मोसिन र मोहमद मुस्तकिमललाई बिजुलीको पोलबाट हुकिङ गरी घरमा बिजुली लगेको अवस्थामा नियन्त्रणमा लिई बिधुत ऐन अन्तरगत कारवाही गरेको हो ।

उनीहरुलाई राजविराजस्थित बिधुत प्राधिकरणको कार्यालयका कर्मचारी र जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको दिउँसो २ बजे हुकिङ गरी बिधुत चोरी गरेको अवस्थामा फेला पारेका थिए ।उनीहरु उपर बिधुत प्राधिकरणले बिधुत ऐन अन्तगर कारवाही शुरु गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

त्यसैगरी जिल्ला प्रहरी कार्यालय सप्तरीले बुधबार साँझ छिन्नमस्ता–५ मौवाबाट व्यापारीक प्रयोजनका लागी भारतबाट भन्सार छलेर ल्याएको अन्दाजी १० हजार मूल्य बराबरको चप्पल बरामद गरी बिहिबार तिलाठी भन्सार कार्यालयमा बुझाएको छ ।

तपाईको प्रतिक्रिया