urvashi-rautela

काठमाडौं । पछिल्लो समय बलिउडका कलाकारहरुको नेपाल आगमन बढ्दो छ । यसै क्रममा बलिउड अभिनेत्री उर्बसी रौटेला यही असोज १४ गते बिहान काठमाडौं आउँदैछिन् । युहान इन्टरनेशनल इभेन्टस्को निम्तामा उनी दुई दिनका लागि काठमाडौं आउन लागेकी हुन् । युहान इन्टरनेशनल इभेन्टसले सोही दिन बेलुकी पख ‘मोडल क्वेस्ट इन्टर नेशलन नेपाल, सिजन–२’ आयोजना गर्दैछ ।

राजधानीका त्रिपुरेश्वर स्थित त्रिभुवन आर्मी अफिसर्स क्लबको एनेक्स ‘बी’मा तयार गरिएको भव्य ¥याम्पमा बलिउड अभिनेत्री उर्बसीले क्याटवाक गर्नेछिन् । ‘मोडल क्वेस्ट इन्टरनेशलन नेपाल, सिजन–२’ मा उबर्सी मुख्य सो स्टपरको रुपमा प्रस्तुत हुनेछिन् । युहान इन्टरनेशनल इभेन्टसका प्रबन्ध निर्देशक सानु खानका अनुसार मोडल क्वेस्ट इन्टर नेशलन नेपाल, सिजन–२ मा युवा र युवती गरी ४० प्रतियोगी छन् । बलिउडको सनम रे, सिंह साव द ग्रेट, ग्रेट ग्राण्ड मस्ती, दक्षिण भारतको मिस्टर इराबाटा जस्ता फिल्मकी अभिनेत्री उर्वसी चर्चित मोडल पनि हुन् ।

 

तपाईको प्रतिक्रिया