Byapari
इनरुवा असोज ७ /चाडपर्व नजिकिएसँगै बजार अनुगमनलाई प्रभावकारी बनाउने विषयमा सुनसरीका सरोकारवालावीच सामूहिक छलफल चलाइएको छ ।प्रशासनले एकलौटी बजार अनुगमन गरेको प्रति व्यापारीहरुले असन्तुष्टि जनाउन थालेपछि सुनसरी प्रशासनको अगुवाईमा सरोकारवालाहरु डाकेर समस्या र चुनौतिका बारे सामूहिक बहस चलाएको हो ।

घरेलु तथा साना उद्योग कार्यालय इटहरीले संयुक्त बजार अनुगमन, चुनौति र समाधानका उपायहरु तथा उद्योग व्यवसाय दर्ता सम्वन्धि अन्र्तकृयाको आयोजना गरेको हो ।कार्यक्रममा सुनसरीका प्रमुख जिल्ला अधिकारी मोहन चापागाई सहित सुरक्षा निकायका प्रमुखका साथै जिल्लास्थित रहेका नगरपालिका तथा उपमहानगरपालिकाका अधिकृत, उद्योग वाणिज्य संघका पदाधिकारी र सरोकारवालाहरुको सहभागिता रहेको थियो ।

सरोकारवालाहरुवीच जिल्लामा व्यवस्थित र प्रभावकारी बजार अनुगमनलाई निरन्तरा दिने सहमति बनेको छ । समन्वयतात्मक तवरले हरेक क्षेत्रको प्रतिनीधित्व हुने गरी सघन बजार अनुगमनलाई अघि बढाउने निर्णय समेत बैठकले गरेको छ ।

तपाईको प्रतिक्रिया