०७ असोज, दिलिप साह सप्तरी । सप्तरी जिल्लाको विभिन्न स्थानबाट विधुत पोलमा हुकिङ गरेर घरमा बिजुली लगेको अवस्थामा नियन्त्रणमा लिएका ११ जना उपर विद्युत ऐन अन्तर्गत कारबाही गरेको छ ।

बिधुत चुहावट सम्बन्धि अगुगमनमा निस्केको टोलीले सप्तरीको लालापट्टी गाबिस वडा न–८ बस्ने हरेबी मन्सुरी, छिन्नमस्ता–२ बस्ने रामनारायण पण्डित, छिन्नमस्ता १ बस्ने रामबृक्ष पंण्डित, ईटहरी बिषनपुर ४ बस्ने ठेकाई यादव, ईटहरी बिषनपुर १ बस्ने नन्द किशोर यादव, ईटहरी बिषनपुर–१ बस्ने रबिन कुमार मण्डल, छिन्नस्ता १ बस्ने सुर्यनारायण मण्डल, ईटहरी बिषनपुर २ बस्ने जितेन्द्र कुमार मण्डल र छिन्नमस्ता २ बस्ने बब्लु ठाकुरलाई नियन्त्रणमा लिई बिधुत ऐन अन्तर्गत कारवाही गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरिक्षक भीमप्रसाद ढकालले जानकारी दिनुभयो ।

बिधुत प्राधिकरण कार्यालय राजविराजका कर्मचारी र जिल्ला प्रहरी कार्याल सप्तरीबाट खटिएको प्रहरीको संयुक्त टोलीले दिउँसो २ बजे हुकिङ गरी बिधुत चोरी गरेको अवस्थामा नियन्त्रणमा लिएको बताएको छ ।पक्राउ परेका उपर बिधुत प्राधिकरणले बिधुत ऐन अन्तर्गत कारवाही शुरु गरेको प्रहरी उपरिक्षक ढकालले बताउनुभयो ।

त्यसैगरी प्रहरी चौकी तिलाठीबाट खटिएको प्रहरी टोलीले सपतरीको तिलाठी –९ बाट व्यापारिक प्रयोजनका लागि भारतबाट भन्सार छली नेपाल तर्फ ल्याउँदै गरेको अन्दाजी २३ हजार ३ सय ४० रुपैया बरावरको कस्मेटिक समाजन बरामद गरी शुक्रबार तिलाठी भन्सार कार्यालयमा बुझाएको बताएको छ ।

तपाईको प्रतिक्रिया