१३ असोज,  दिलिप  साह सप्तरी । बोक्सीको आरोप मुद्दामा कैद सजाय भएका फरार पाँच जनालाई प्रहरीले पक्राउ गरी अदालतमा उपस्थित गराएको छ ।

पक्राउ पर्नेमा सप्तरी इनरवा गाविस ५ बस्ने राजाराम मण्डल, रामेश्वर मण्डल, दिपक मण्डल, दुखी मण्डल र बम्ह्रदेव मण्डल रहेका छन । जिल्ला अदालत सप्तरीले बोक्सीको आरोप मुद्दामा छ-छ महिना कैद तथा जनही रु. पाँच हजार जरिवाना गरेको थियो । जिल्ला प्रहरी कार्यालय र जिल्ला अदालतको संयुक्त टोलीले घरबाट उनीहरुलाई पक्राउ गरेर अदालतमा उपस्थित गराएको प्रहरी उपरिक्षक भीमप्रसाद ढकालले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया