kath sapatari

१४ असोज, राजकुमार पासवान सप्तरी। चन्द्रनहर डिभिजन कार्यालयले छ वर्ष अघि कटान गरेको सिसोका करिब ३ हजार के.वी. काठ वन कार्यालय र चन्द्रनहरबीचको जुहारीका कारण कुहिन थालेका छन् । कञ्चनरुप नगरपालिका १० मलेठ चौक स्थित चन्द्रनहर डिभिजनले राखेको काठ कुहिन थालेका हो ।

चन्द्र नहरको ढीलमा रहेको सिसो सुक्न थालेपछि स्थानीयले ती सिसो कटान गरि चोरी तस्करी गर्न गरि मास्न थालेपछि चन्द्र नहर डिभिजन कार्यालयले २०६८ मा सिसो कटानी गर्न लगाएको थियो । स्थानियहरुका अनुसार कटानी भएको काठ यही ठाउँका जनताहरुलाई बिक्रि वितरण गर्न आग्रह गरेका भएता पनि ठेकेदार पक्ष र नहर विभागले बिक्रि वितरण गर्न नमानी काठ अन्यत्र बेचन लागेकाले यो स्थिति आएको वताउँदछन् ।

स्थानिय सुमन खड्का भन्छन् “आज भन्दा ६ दशक अगाडी हाम्रा बुवाहरुले चन्द्रनहरको डिलमा सिसो,सिमल र सिरिस लगायका बिरुवाहरु रोपी हुर्काएका थिए, तर अहिले आएर तिनै बोटबिरुवाहरु कटानी गरी हामीलाई बिक्रि वितरण नगरि अन्यत्र किन बेच्नु ? के यी काठहरु प्रयोग गर्ने अधिकार यहाँका स्थानियलाइ छैन ?”

यता ईलाका वन कार्यालय कञ्चनपुरका वन अधिकृत उमेश यादवका अनुसार चन्द्रनहर डिभिजनले सिसो कटानी गर्दा जिल्ला वन कार्यालयसँग समन्वयन नगरेकाले वनले काठ उठाउन स्वीकृति नदिएको बताए । अधिकृत यादव भन्नछन् “ आवश्यक प्रत्रिया पुप्याए हामी अहिले पनि काठ ढुवानी गर्न दिन्छौं” । तर ठेक्केदारका अनुसार ईलाका वन कार्यालय बाट नै कटान र छपान गरी काठको लगत (काठको मात्रा) उठाएको दावी गर्छन ।

काठ अन्यत्र बिक्रि गर्नका लागि क्षेत्रिय वन कार्यालय र वन विभाग महाशाखा बबरमहल काठमाण्डौंबाट समेत स्वकृति दिदाँ पनि जिल्ला वन कार्यालय सप्तरीले प्रक्रियाको नाममा विभिन्न बाहाना गरि बाधा दिइरहेको काठका ठेकेदार उमेश माझीले आरोप लगाएका छन । काठ राखेको ठाउँमा बर्षाको पनि जमेको काठ कुहिएर जान थालेका छन । समयमै यसलाई उपभोग गर्न नसकेमा चन्द्रनहर डिभिजनले ठुलो क्षति ब्योहोर्नु पर्ने देखिन्छ । काठमा भएको किचलो र बिवाद समाधान गरी ती काठ उपयोग गर्न पाउनु पर्ने स्थानीय शिक्षक सरोज कर्ण बताउँछन् ।

तपाईको प्रतिक्रिया