cpn-umlकाठमाडौं, १९ कात्तिक । प्रमुख सत्तारुढ दल नेकपा एमालेले सरकारमा सहभागी हुने पाँच मन्त्रीको टुङ्गो लगाएको छ ।
एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच बालुवाटारमा बिहीबार बिहान भएको छलफलपछि मन्त्रीहरुको टुंगो लगाइएको हो ।
। एमाले केन्द्रीय र स्थायी समितिले मन्त्रीहरुको टुंगो लगाउन नसकेपछि त्यसको जिम्मेवारी अध्यक्ष केपी शर्मा ओली र शीर्ष नेतालाई दिएको थियो ।
दुई नेताबिचको सहमतिपछि एमालेले उपप्रधानमन्त्रीमा भीम रावललाई पठाउने भएको छ भने अर्थमन्त्रीमा पार्टी उपमहासचिव विष्णु पौडेलको नाम सिफारिस गरेको छ । त्यस्तै एमालेले अन्य मन्त्रीहरुमा शेरधन राई र आनन्द पोखरेलको नाम अघि सारेको छ ।
एमालेले शेरधन राईलाई सञ्चार र आनन्द पोखरेललाई पर्यटन मन्त्रालयको जिम्मेवारी दिने निर्णय गरेको हो ।

तपाईको प्रतिक्रिया