sanjay-dutt

मुम्बई, चर्चित बलिउड अभिनेता सञ्जय दत्तको जीवनमा आधारित बायो पिक्चर बन्ने भएको छ । निर्देशक राजकुमार हिरानीले सञ्जय दत्तको जीवनमाथि चलचित्र बनाउन थालेका हुन । सञ्जय दत्तको जीवन निकै उतारचढावले भरिएको छ ।

कुनै समयका चर्चित नायकले व्यक्तिगत जीवनमा नशाको अम्मली हुनुका साथै सन् १९९२ मा मुम्बईमा भएको आतंकककारी हमलापछि ए के ४७ हतियार राखेको आरोपमा जेल सजाय समेत भोगेका छन् ।

चर्चित अभिनेता सुनिल दत्तका छोरा सञ्जय दत्तको जीवनमा बन्ने चलचित्रमा अनुष्का शर्माले समेत भूमिका निर्वाह गर्ने भारतीय मिडियाहरुले जनाएका छन् । चलचित्रमा अनुष्का एकजना लेखकको भूमिका देखिने बताइन्छ । छिट्टै नै चलचित्रका अन्य कलाकारहरुको बारेमा समेत घोषणा गरिने भएको छ । सञ्जय दत्तको भूमिका भने रणबीर कपूरले गर्ने बताइन्छ ।

तपाईको प्रतिक्रिया