khukuri tel kira

१४ असोज, इटहरी ।  जेके ओयल मिलले उत्पादन गर्ने खुकुरी तेलमा किरा भेटिएको छ । इटहरी ८ का एक उपभोक्ताले खरिद गरेर ल्याएको तेलमा किरा भेटिएको हो । सुनसरीको दुहबीबाट उत्पादन हुने ५ लिटरको तोरीको तेलमा किरा भेटिएपछि खरिद कर्ता ईस्वरा बास्तोला र शैलेश सत्याल चकित परेका थिए । इटहरीको एक होलसेल पसलबाट खरिद गरेर ल्याएको तेलको ग्यालेन खनाउने क्रममा धेरै मात्रामा किरा फेला परेको थियो । पछि ग्यालेन भित्र अझ धेरै किरा फेला परेको थियो । किरा तेलमा जिउदो अबस्थामा भेटिएका थिए ।

ग्यालेन खोलेपछि दुर्गन्ध आएपछि प्लेटमा खन्याएर हेर्दा किरा भेटिएको ईस्वरा बास्तोलाले बताईन । डेट एक्सपायर समेत नभएको बताउदै यस्ता अखाद्धय तेलले मानव स्वास्थ्यमा गम्भीर असर पर्ने हुनाले उघोग यस बिषयमा सचेत हुनु पर्ने बास्तोलाले बताईन । यता जेके ओयल मिलका उत्पादन प्रमुख जितु धपेडीयाले तेलमा किरा भेटिएको कुरामा कुनै सत्यता नभएको दाबी गरे । नेपालकै पुरानो तेल उत्पादन गर्ने उघोगले कहिले पनि यस्तो काम नगर्ने उनको भनाई थियो ।

 

तपाईको प्रतिक्रिया