biratnagar truck le thakkar

१४ असोज, रोशन पोखरेल बिराटनगर। कोसी लोकमार्ग अन्तरगत विराटनगरको मुनापथको व्यास्त सडकमा आज मध्यन्न भएको दुर्घटनामा परि एक महिलाको मृत्यु भएको छ ।

मोटरसाईकलमा सवार कोसीहरैचा नगरपालिका –३ बस्ने शुक्र बस्नेत र उनकी श्रीमति ३५ बर्षिय मनिषा बस्नेतलाई ट्रक (लहरी) ले ठक्कर दिंदा मनिषाको घटनास्थलमै मृत्यु भएको वडा प्रहरी कार्यालय विराटनगरका प्रहरी नायव उपरिक्षक संजयसिंह थापाले वताए ।दुर्घटनामा परि शुक्र बस्नेत गम्भीर घाइते भएका छन ।

उनको विराट नसिंङ्ग होमा उपचार भईरहेको छ । मोटरसाईकल र ठक्कर दिने ट्रक(लहरी) को नम्वर खुलेको छैन । चालक र ट्रक (लहरी) लाई प्रहरीले नियन्त्रणमा लिएको छ

तपाईको प्रतिक्रिया