aptopix-pakistan

लाहोर (पाकिस्तान), १९ काात्तिक । पाकिस्तानको लाहोर सहरदेखि करिब ४५ किलोमिटर टाढा रहको एक कारखाना भत्किएको भग्नावशेषबाट उद्धारकर्ताहरुले ९९ व्यक्तिलाई जीवितै उद्धार गरेका छन् । पाकिस्तानी अधिकारीहरुले बिहीबार सो जानकारी दिएका छन् । बुधबार भएको सो घटनामा अज्ञात सङ्ख्यामा व्यक्तिहरु पुरिएर रहेका अनुमान गरिएको छ । यस दुर्घटनामा परी कम्तीमा १८ जना व्यक्तिले ज्यान गुमाएका अधिकारीहरुले बिहीबार जानकारी दिएको छ ।

गत बुधबार राति भत्किएको यो कारखाना भवन करिब दुई हप्ता अगाडि ७.५ रिक्टर स्केलको भूकम्पले प्रभावित क्षेत्रमा रहेको जनाइएको छ । गत अक्टोबर २६ मा गएको यस भूकम्पबाट सो भवनको भौतिक संरचना क्षतिग्रस्त भएको हुनाले बुधबार यसप्रकारले भत्किएको अनुमान गरिएको छ । अफगानिस्तान र पाकिस्तानको सीमा क्षेत्रमा अफगानिस्तानको हिन्द कुश इलाकालाई केन्द्रविन्दु बनाएर गएको त्यस भूकम्पमा परी पाकिस्तान र अफगानिस्तामा गरी करिब चार सय व्यक्तिले ज्यान गुमाएका पञ्जाव प्रान्तका मुख्यमन्त्री साहबाज सरिफले बताउनु भएको थियो ।

हिजो भएको यस दुर्घटनामा परी कति व्यक्तिले ज्यान गुमाए, कति जना फसेर रहेका छन् र कारखाना भवन भत्किँदा त्यहा कार्यरत रहेका कामदारको एकिन सङ्ख्या भने हालसम्म प्राप्त नभएको जनाइएको छ । अधिकारीहरुका अनुसार सो भवन भत्किँदा त्यहाँ करिब १५० व्यक्ति कार्यरत रहेका थिए । तर त्यहाँ कार्यरत कामदारहरुका अनुसार भने सो घटना हुदाँ १५० भन्दा बढी व्यक्ति कार्यरत रहेका थिए ।पुर्वेलिन्युजबाट

 

तपाईको प्रतिक्रिया