अमर काफ्ले,

Inaruwa Amale BY amarकात्तिक १९ इनरुवा/ तराई मधेशमा जारी आन्दोलन लम्बिदै जानुमा मित्र राष्ट्र भारतको षड्यन्त्र रहेको एमालेले आरोप लगाएको छ ।
आन्दोलनका जायज मुद्धा सम्बोधनका लागि सरकार तयार रहँदा रहँदै बखेडा झिकेर भारतले मधेश केन्द्रित आन्दोलनमा घिउ थप्ने काम गरेको उसको दावी छ ।
सत्तारुढ दल नेकपा एमालेका महासचिव समेत रहेका इश्वर पोखरेलले भारतको अघोषित नाकाबन्दी अन्र्तराष्ट्रिय मूल्य र मान्यता विपरित रहेको बताउनुभयो । वहाँले नेपाली शिर्षस्थ नेताहरुले बेलैमा पाठ सिक्न नसक्दा पछिल्लो नाकाबन्दीको मार आम जनताले भोग्नु परेको तर्क गर्नुभयो । महासचिव पोखरेलले नेपाली जनता स्वाभिमानि भएकाले कोही कसैसँग नझुक्ने भन्दै डटेर असहज अवस्थाको सामना गर्न तयार रहेको बताउनुभयो ।
एमाले जिल्ला पाटी कार्यालय सुनसरीले सदरमुकाम इनरुवामा आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमलाई सम्बोधन गर्दै नेता पोखरेलले मधेशीका एजेण्डा भारत परस्त भएको भन्दै अर्काको बुई चढेर उदण्ड मच्चाउने कार्य सिङ्गो नेपाल र नेपालीका लागि अहित हुने धारणा राख्नुभयो ।
सोही कार्यक्रमलाई सम्बोधन गर्दै एमालेका केन्द्रिय पाटी सचिव भिम आचार्यले सुनसरी,मोरङ्ग र झापा टुक्र्याउने प्रयास कुनै हालतमा सफल नहुने जिकिर गर्नुभयो । छिमेकी मुलुक भारतले नीजि स्वार्थका लागि कोशी नदी र हाइड्याम आफ्नो वशमा पार्न सुनसरी मात्रै भएपनि २ नम्बर प्रदेशमा गाभ्न आन्दोलनरत मधेशी नेताहरुलाई उक्साहटमा पारेको भन्दै मूलुकको हीत बिपरित हुने त्यस्तो कार्य कुनै पनि हालतमा हुन नस्कने भन्दै त्यस्तो भ्रममा नपर्न मधेशवादी दलहरुलाई आग्रह गर्नुभयो ।
कार्यक्रममा सहभागि केन्द्रिय तथा जिल्लातहका नेताहरुले तराई मधेशमा जारी आन्दोलन र भारतको अघोषित नाकाबन्दी तत्काल समाधान गर्न सरकारसामू माग गरेका थिए । नेताहरुले वार्ताका नाममा मूलुकको हीत विपरितको कुनैपनि सम्झौता नगर्न केन्द्रिय पंक्तिसामू खबरदारी समेत गरे ।
पछिल्लो समयमा सुनसरीलाई टुक्र्याउने हल्लाले जिल्लावासीमा चिन्ता छाएको भन्दै त्यसो भए कुनै पनि हालतमा चुप लागेर बस्न नसकिने स्थानीय नेताहरुले धारणा राखेका थिए । कार्यक्रममा सहभागि सरकारवादी दल लगायत प्रतिपक्षि काँग्रेसका नेताहरुले समेत मधेशीका जायज मुद्धा सम्बोधनका लागि सरकारवादी दल एमालेले भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए । कार्यक्रम जिल्ला अध्यक्ष द्धारिकलाल चौधरीको सभापतित्वमा सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया