काठमाडौं। पूर्वमन्त्री श्यामसुन्दर गुप्ता र नेपाल प्रहरीका इन्स्पेक्टर अनिल पण्डितबीच तीन वर्षअघि डिल्लीबजार जेलमा चिनजान भएको थिया । गुप्ता अपहरण मुद्दामा जेल परेका थिए भने पण्डित त्यसबेला सइका रुपमा कारागार सुरक्षाको जिम्मेवारीमा थिए । त्यहीबेलाको चिनजानले यतिबोला दुवैजनालाई जेल बास गराएको छ ।

अपहरण मुद्दामा कैद भुक्तान गरी गुप्ता गत वर्ष जेलबाट छुटे । यता, सइ पण्डितले इन्स्पेक्टरमा नाम निकाले । जेलमा कायम भएको उनीहरुको दोस्ती झन् प्रगाढ बन्दै गयो । गुप्ता ललितपुरका बस्थे भने पण्डितको दरबन्दी पनि ललितपुरमै थियो। दुबै जना मलेर पैसा कमाउने उपाय रच्न थाले र धम्क्याएर पैसा असुल्न थाले।

यसैबीच म्यानपावर व्यवसायी तारा रेग्मीलाई अपहरणको धम्की दिएर गुप्ताले पैसा माग्न थाले। पण्डित के कम थिए, रेग्मीबाट उनले पैसा अशुले। लगातार पैसा माग्न धम्की दिन थालेपछि रेग्मीले प्रहरीकहाँ उजुरू दिइन्। पैसा असुलेको आरोपमा पूर्वमन्त्रीसहित इन्पेक्टरलाई प्रहरीले पक्राउ गर्‍यो।

मुद्दा अदालतमा पुगेपछि शुक्रबार ललितपुर जिल्ला अदालतले दुवैलाई पुर्पक्षकालागि थुनामा पठाउने आदेश दिएको छ । दुवैजना नख्खु कारागार चलान भएका छन् आजको नयाँ पत्रिकामा खबर छ।

तपाईको प्रतिक्रिया