काठमाडौं। आयोजक पाकिस्तानले दक्षिण एसियालीक्षेत्रीय सहयोग संगठन ९सार्क० को १९औं शिखरसम्मेलन स्थगित भएको जनाएको छ ।
भारतसहित पाँच सदस्य राष्ट्रले भाग नलिने घोषणा गरेपछि पाकिस्तानले आगामी २४–२५ कात्तिकमा तय भएको सम्मेलन स्थगितको घोषणा गरेको पाकिस्तानी विदेश मन्त्रालयलाई उद्धृत गर्दै बीबीसी हिन्दीले जनाएको छ ।

भारत र पाकिस्तानको तनाव चुलिएपछि त्यसको असरले सार्क सम्मेलन प्रभावित बनेको हो । सुरुमा भारतले पाकिस्तानमा हुने सार्क सम्मेलनमा नजाने घोषणा गरेपछि

अफगानिस्तान, बंगलादेश र भुटानले पनि सहभागी नहुने जानकारी अध्यक्ष राष्ट्र नेपाललाई गराएका थिए । शुक्रबार श्रीलंकाले पनि भाग नलिने बताएपछि पाकिस्तानले सार्क स्थगितको घोषणा गरेको हो । पाकिस्तानले सार्क सम्मेलनको नयाँ मिति छिट्टै घोषणा गरिने जनाएको आजको राजधानी दैनिकमा खबर छ ।

तपाईको प्रतिक्रिया