काठमाडौं। एमाले काठमाडौंमा एक हजारभन्दा बढी सदस्यता वितरणको वैधानिकताबारे संस्थापन र नेता माधवकुमार नेपाल पक्षबीच विवाद चर्किएको छ ।

गत ११ असोजमा सम्पन्न केन्द्रीय कमिटीले गुटबन्दी अन्त्य गर्ने घोषणा गर्दै १० बुँदे विशेष प्रस्ताव पारित गरे पनि जथाभावी सदस्यता वितरण मान्य नहुने नेपाल पक्षीय नेताहरुको अडानसँगै काठमाडौंमा विवाद चर्किंदै गएको छ ।

काठमाडौंमा केन्द्रीय सदस्य तथा संयोजक सावित्रा भुसाल र जिल्ला संयोजक कृष्ण राई संस्थापन र सहसंयोजक सुरेन्द्र मानन्धर नेपाल निकट छन् । अध्यक्ष केपी ओलीको पकड जिल्ला मानिएको १ सय ३ जिल्ला कमिटी रहेको काठमाडौंमा नेपाल समूहको नेतृत्व भरत फुयाँलले गर्दै आएका छन् । बहुमतको आडमा संस्थापनले काठमाडौंको सबै क्षेत्रमा विधि र प्रक्रिया मिचेर काम गर्दै आएको नेपाल पक्षको आरोप आजको नयाँ पत्रिकामा खबर  छ ।

तपाईको प्रतिक्रिया