समयमा जग्गा पास नहुँदा १ करोड फ्रिज

kanchanpur nagarpalika

१५ असोज, राजकुमार पासवान सप्तरी। कञ्चनरुप नगरपालिको कार्यालय भवनको लागि जग्गा पास हुन सकेको छैन । समयमा जग्गा पास नभएका कारण नगरपालिकाले भवन निमार्ण गर्न छुटयाएको १ करोड रकम फ्रिज भएको छ भने चालु आर्थिक वर्षमा मन्त्रालयले भवन निमार्णका लागि रकम समेत छुटयाउन अस्वीकार गरेका छन् ।

कञ्चनरुप नगरपालिकाको कार्यालय निमार्ण गर्न जग्गा उपलब्ध गराउने जग्गा धनीले २ वर्ष वितिसक्दा पनि जग्गा पास नगरेपछि नगरपालिकालाई कार्यालय व्यवस्थापन गर्न समस्या भएको हो । नगरपालिकाको कार्यालय कञ्चनपुरमा राख्ने कि रुपनगरमा राख्ने लामो विवादकाबिच स्थानीय विकास मन्त्रालयले कञ्चनपुर बेरियरलाई केन्द्र तोकेको थियो । नगरपालिकाको केन्द्र कञ्चनपुर तोकिएपछि पनि साविकको कञ्चनपुर गाविसबाट कार्यालय बेरियरमा सार्न माहाभारत नै भएको थियो ।

कञ्चनपुर बेरियरमा नगरपालिकाको कार्यालय सरेपछि नगरपालिकाले ०७१ साल मंसिरमा कार्यालय भवनको लागि जग्गा उपलब्ध गराइदिन हुन सार्वजनिक सुचना जारी गरेको थियो । उक्त सुचनाका आधारमा सप्तरी साविक कञ्चनपुर १ सुदामा साह सुढीको नाममा रहेको साविक कञ्चनपुर ४ को कित्ता नम्बर ५३ मध्येबाट ७ कठ्ठा जग्गा दिन इज्छुक रहेको निवेदन निजका छोरा मनमोहन साहले दर्ता गराएको थियो । उक्त निवेदनमा कार्यालय जाने चन्द्रनहरको बाटो प्रयोग गर्न सकिने भनी उल्लेख छ । सोही निवेदनमा बाटोको सुनिश्चितता भए जग्गा पास गर्ने उल्लेख भएपनि बाटोकै कारण अहिलेसम्म जमिन पास हुन सकेको छैन ।

नगरपालिकाले चन्द्रनहरको बाटो भन्दा फरक बाटो दिनु पर्ने बताए पछि जग्गा धनीका छोरा मनमोहन साहले बाटोको लागि विभिन्न विकल्पहरु खोज्दै आएको छ । पछिल्लो समय निवर्तमान गाविस अध्यक्ष तथा जग्गा दाताका आफन्त रामनारायण साहसंग मिलेर हनुमान खाद्य उद्योगको दक्षिणतर्फबाट बाटो दिएर जग्गा पास गर्ने चर्चा चलेको थियो । तर स्रोतका अनुसार मनमोहन साहले रामनारायण साहसंग बाटो लैजान गरेको सहमति तोडेपछि रामनारायण साह असन्तुष्ट भएका छन् । जसले गर्दा जग्गा पास भएको छैन ।

रामनारायण साहले आफनो जग्गा भएर बाटौ लैजान सहमति गरेको तर नगरपालिकालाई जग्गा दिने भनिएको ठाउँ पुग्दा अर्कैको जग्गा भएर बाटो लैजना खाजेपछि दाजुभाईमा खटपट भएको बताइएको छ । नगरपालिकालाई समयमा जग्गा उपलब्ध नगराइएका कारण आर्थिक वर्ष ०७१÷०७२ मा नगरपालिको १ करोड रकम फ्रिज भएको थियो ।

जग्गा पास नभएकै कारण स्थानीय विकास मन्त्रालयले आर्थिक वर्ष ०७२-०७३ मा कार्यालय निमार्णका लागि बजेट छुटयाएनन् । नगरपालिकाको प्रमुख रामनारायण साहले नगरपालिको आफ्नो कार्यालय नभएकोले भाडामा लिएको कार्यालयमा नगरपालिकाको सवारी साधन (टिपर,स्काइभेटर र सेफ्टी ट्याङ्क) राख्न समेत कठिनाइ भएको बताए । उहाँले नगरपालिकामा प्रतिनिधित्व गर्ने राजनीतिक दललाई समेत २ पटक निर्णय गर्न लगाएर जग्गा पास गर्न पहल गरेको बताए ।

नगरपालिकाका अनुसार २०७२ पुस १ गते राजनीतिक दलका प्रतिनिधिहरुले बन्द हड्ताल खुल्ने वितिकै जग्गा दातालाई जग्गा पास गराउन पहल गर्ने निर्णय गरेको थियो । त्यसपछि २०७३ जेठ २६ गते राजनीतिक दल, बाटो दिने दाता रामनारायण साह समेतको उपस्थितीमा २०७३ असारमसान्त जग्गा पास गर्ने निर्णय भएको थियो । त्यो निर्णय पनि कार्यान्वयन हुन सकेन । नगरपालिकाका प्रमुख साहले आफु काठमाडौंमा रहेको बताउँदै अब अन्तिम पटक जग्गा पास गर्न पहल गर्ने,नभए अर्को प्रक्रिया सुरु गर्ने बारे के गर्ने ? त्यो समेत मन्त्रालयबाट बुझेर आउने बताए ।यस विषयमा जग्गा दाताका छोरा मनमोहन साहले केही दिनमा जग्गा पास गर्ने बताएका छन ।

तपाईको प्रतिक्रिया