इनरुवा असोज १५/ सुनसरी सदरमुकाम इनरुवामा भूकम्प आउने भएको छ । संचारकर्मीद्धय जयकृष्ण यादव र लुकमान अन्सारीले भूकम्प साप्ताहिक नामक पत्रिका इनरुवाबाट प्रशासन गर्न लागेका हुन् ।
पत्रिकाको सम्पूर्ण काम अन्तिम चरणमा पुगेको प्रकाशक लुकमान अन्सारीले बताए । जयकृष्ण यादव सम्पादक रहेको सो पत्रिकाको टिम यसैसाताबाट बजारमा आउने तयारीमा जुटेको छ ।
यसअघि इनरुवा पोष्ट साप्ताहिकमा सम्पादकका रुपमा रहेका लुकमान व्यवस्थापन पक्षसँगको असन्तुष्टिका कारण भूकम्प साप्ताहिक नामक भिन्नै पत्रिका प्रकाशनको तयारीमा जुटेका हुन् ।
उता सम्पादकले जिम्मेवारी छोडेपछि रिक्त रहेको इनरुवा पोष्टका प्रकाशक प्रमोद यादवले सम्पादकमा सरोज बराललाई जिम्मेवारी सुम्पि पत्रिकाको निरन्तता दिन लागका छन् । पछिल्लो समय इनरुवामा पत्रिका प्रकाशन गर्ने क्रम बढेर गएको छ ।

तपाईको प्रतिक्रिया