nawayug

इनरुवा असोज १५ /इनरुवा ९ मा रहेको नवयुग बहुउद्येश्यि सहकारी संस्था लिमिटेडले संस्थाका उत्कृष्ठ १५ ऋणीहरुलाई पुरस्कृत गरेको छ ।
संस्थाले ऋण लिएर समयमै साँवा ब्याज बुझाउने १५ जनालाई उत्कृष्ठ ऋणी ठहर गर्दै सम्मान गरेको हो ।
यसरी उत्कृष्ठ ऋणीको तर्फबाट पुरस्कृत हुनेहरुमा मुना बराल, लक्ष्मी पोखरेल, सुजताकुमारी शाक्य, सुमन पोदार, शुशिला पोखरेल, देवरुथ चौधरी,राधा दुलाल, सविताकुमारी चौधरी, मञ्जुकुमारी गौतम, टीकाकुमारी श्रेष्ठ, नारायण चौधरी, श्रीलाल चौधरी, भगवानलाल साहु, सुचिता राजभोर र सीता पौडेल रहेकी छिन् ।

Nawa yug.docx 2.jpg3
त्यसैगरी सेयर सदस्यका उत्कृष्ठ एसएलसी परीक्षामा नतिजा ल्याउने सन्तती अन्र्तगत शान्ता सुवेदी भट्टराईकी छोरी सामना भट्टराई, छात्रतर्फ तोयाप्रसाद खतिवडाका छोरा निश्चल खतिवडालाई पुरस्कृत गरियो ।स्वास्थ्य सुविधा अन्र्तगत विभिन्न समस्याका कारण विरामी भएका २२ जना सेयर सदस्यहरुलाई ६० हजार रुपैंया रकम वितरण गरेको संस्थाका अध्यक्ष देवीप्रसाद पोखरेलले बताए । त्यसैगरी निदन भएका सेयर सदस्यहरुलाई मृत्यु राहत अन्र्तगत जनही परिवारलाई ७ हजारका दरले प्रदान गरिदै आएको समेत अध्यक्ष पोखरेलले जानकारी दिए ।

Nawa yug.docx 2
संस्थामा दुईटा संस्थागत र १ हजार ९ सय ७६ गरी कुल एक हजार ९ सय ७८ सेयर सदस्यहरु रहेका छन् । कार्यक्रममा आर्थिक वर्ष २०७२।७३ मा ४५,६०८०० बराबरको सेयर रकम थप भई सेयर पूँजि २ करोड ८३ लाख ६८ हजार १ सय रहेको जानकारी दिइयो ।

तपाईको प्रतिक्रिया