छिन्नमस्ता भगवती मन्दिरको बारेमा सार्वजनिक गरिएको बृतचित्र ।
छिन्नमस्ता भगवती मन्दिरको बारेमा सार्वजनिक गरिएको बृतचित्र ।

१५ असोज, दिलिप  साह, राजविराज। सप्तरीको छिन्नमस्ता गाविसमा अवस्थित प्रसिद्ध छिन्नमस्ता सखडेश्वरी शक्तिपीठको विषयमा तयार पारिएको ऐतिहासिक बृतचित्र ‘सखडेश्वरी छिन्नमस्ता भगवती’ शनिवार सार्वजनिक गरिएको छ ।

शक्तिपीठका पीठाधीश महाकान्त ठाकुर र छिन्नमस्ता भगवती संरक्षण सम्वद्र्धन समितिका कार्यवाहक अध्यक्ष रामनारायण यादवले उक्त बृतचित्रको भिडिओ सार्वजनिक गरेका हुन् । नेपाली भाषामा तयार पारिएको उक्त बृतचित्रमा छिन्नमस्ता भगवतीको इतिहास, शक्तिपीठको महत्व, विशेषता, पूजा पद्धती, शक्तिपीठ खुल्ने तथा बन्द हुने समय, शक्तिपीठसम्म पुग्ने बाटो, शक्तिपीठमा उपलब्ध सेवासुविधालगायतका विषयवस्तुहरु समावेश गरिएको समितिका कार्यवाहक अध्यक्ष यादवले जानकारी दिए ।

छिन्नमस्ता भगवती संरक्षण सम्वद्र्धन समितिले निर्माण गरेको उक्त बृतचित्रको निर्देशन, छायाङ्कन र उद्घोषण श्यामसुन्दर यादवले गरेका छन् । सम्पादन सूर्यनारायण साह ‘बैजुु’ले गरेका छन् । बृतचित्र निर्माणमा पीठाधीश महाकान्त ठाकुर, कार्यवाहक अध्यक्ष रामनारायण यादव, पत्रकार सन्तोष चौधरी, शिवप्रताप साह, अञ्जु यादवलगायतको विशेष भूमिका रहेको बृतचित्रका निर्देशक श्यामसुन्दर यादवले जानकारी दिएका छन् ।

तपाईको प्रतिक्रिया