Gurung

१५ असोज, दिलिप साह राजविराज। राजविराज नगरपालिकाका कार्यकारी अधिकृत विष्णु प्रसाद गुरुङ्गको यहाँबाट सरुवा भएको छ ।
राजविराज नगरपालिकामा शनिबार आयोजित पत्रकार सम्मेलनमा कार्यकारी अधिकृत गुरुङ्गले सो जानकारी गराउँदै आफनो कार्यकालमा सहयोग समर्थन र सहकार्य गरेकाहरु प्रति आभार प्रकट गर्नुभयो ।

म जहाँ गएपनि राजविराज नगरप्रति मेरो माया रहि रहने छ उहाँले भन्नुभयो– अवसर पाए फेरी यस नगरपालिकाको कार्यकारी अधिकृत भएर आउने अपेक्षा छ । आफु नियमित प्रक्रिया अनुसार प्युठानको लागि सरुवा भएर जान लागेको जानकारी दिँदै उहाँले विजयादशमी, दिपावली र छठको शुभकामना समेत दिनुभयो ।

तपाईको प्रतिक्रिया