chinamasta mandir sarsafai

१५ असोज, दिलिप साह राजविराज। सप्तरीका युवाहरुले अभियानको पाँचौ हप्ता मुलुककै प्रसिद्व छिन्नमस्तास्थित छिन्नमस्ता शक्तिपीठमा शनिबार सरसफाइ गरेका छन् । मन्दिर प्राङ्गण वरिपरीका साथै छिन्नमस्ता बजारमा सरसफाइ गरेका छन् । सो सरसफाइमा स्थानीय नेपाल प्रहरीले समेत सघाएका छन् ।

बडादशैं प्रारम्भ भएकाले मुलुककै प्रसिद्व शक्तिपीठ मध्येका यसको सरसफाइ गरिएको युवाहरुले बताएका छन् । साथै वरिपरि संकलन गरिएका सम्पूर्ण फोहोरलाई आगो लगाई तत्कालै नष्ट गरिएको छ ।सप्तरी युवा मूल समारोह समितिद्वारा गरिएको सरसफाइमा इलाका प्रहरी कार्यालय छिन्नमस्ताको प्रहरी टोलीका साथै सप्तरीका शिक्षा अधिकारी शंकर लुइँटेलले पनि सहभागिता जनाउनु भएको थियो । यस्तै छिन्नमस्ता मन्दिर समितिका अध्यक्ष रामनारायण यादवले पनि सरसफाइमा सहभागिता जनाउनुभयो ।

तपाईको प्रतिक्रिया