काठमाडौं  । दशैं नेपालीको महान चाड हो । तर यसको रौनक र चहलपहल भने सीमापारि भारततिर बढी हुन थालेको छ । उपभोक्तहरु बडादशैंको किनमेलका लागि विराटनगवरभन्दा सँगै जोडिएको सीमावर्ती भारतीय बजार जोगबनीमा पूर्वी नेपालका नेपाली उपभोक्ता पुग्ने क्रम बढेको छ ।

 जोगबनीमा भेटिएकी दुहबीकी अनिता घिमिरेले भनिन्,’नेपालमा भन्दा सस्तो र राम्रो सामान पाइने भएकाले म यतै किनमेल गर्न आउँछु ।’जोगबनी बजार खास गरेर झापा, मोरङ, सुनसरी र सप्तरीका विभिन्न क्षेत्रका बासिन्दाको आकर्षणको केन्द्र रहेको छ ।

कोसीपहाडका विभिन्न क्षेत्रका मानि पनि त्यहाँ पुग्ने गर्छन् । जोगबनी बजारमा चहलपहल बढिरहँदा बिराटनगरेको बजारमा भने दसैंको खासै रौनक देखिँदैन । आजकोअन्नपूर्ण पोष्ट दैनिकमा खबर छ।

 

तपाईको प्रतिक्रिया